काठमाडौं : सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ ।भदौ १० गते गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो।

“वि.सं. २०७८ साल भाद्र १४ गते सोमबारका दिन श्री कृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/०५/०३ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।” गृहमन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

