काठमाडौं : आज देशभर वर्षा हुनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। अन्य स्थानमा भने सामान्य बदली रहेको छ। प्रदेश १, बागमती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भएको छ।
दिउँसो देशका धेरैजसो भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र हल्कादेखि मध्यम वर्षा हुने छ। साथै सबै प्रदेशका केही केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती पनि देशैभर मौसम बदली रही धेरैजसो स्थानमा वर्षा हुने छ। देशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

