logo

काठमाडौँ — बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन शुक्रबार बिहान १० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा गए राति ८:२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।

डिभिजन सडक कार्यालयका सूचना अपिकारी इन्जिनियर शिव खनालका अनुसार आज बिहान साढे ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । उनले भने, ‘थप पहिरो नखसे बिहान १० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।’ अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।स्रोत: कान्तिपुर ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *