petrol

काठमाडौँ :विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

बुधबार काठमाडौंको शान्तिवाटीकामा उक्त पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको थियो।

प्रदर्शनमा सहभागीहरुले मूल्यवृद्धि नियन्त्रण गर, वैज्ञानिक समाजवाद स्थापना गर जस्ता विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका थिए।

सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खना पकाउने ग्यासको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ बढाएको छ भने खाना पकाउन एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *