काठमाडौँ : निर्माण पूरा नभएकै अवस्थामा अघिल्लो सरकारबाट उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको २०औँ बैठकमा प्राधिकरणका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतारहतार उद्घाटन गरिएका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताए ।

बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षति पु-याएको भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी सम्बद्ध निकायलाई हस्तान्तरणमा लैजाने निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिए । -नेपाल टेलिभिजनबाट

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *