विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री आचार्य आजै एमाले प्रदेश १ को संसदीय दलको नेतामा चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ ग्रहण गराइएको हो ।
संविधानको धारा १६८ (१) अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको छ ।
आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
आजै मात्र प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले प्रदेश प्रमुख अधिकारीसमक्ष राजीनामा बुझाएका थिए ।

