logo

काठमाडौँ — नेपाली कांग्रेसको संस्थापन–इतर समूह र पार्टीको निर्वाचन समितिबीच छलफल सुरु भएको छ। पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू बुधबार छलफलमा जुटेका हुन् ।

बैठकमा निर्वाचन समितिमा पौडेल समूहबाट नेतृत्व गर्ने सदस्यहरूको उपस्थिति रहेको स्रोतले जनाएको छ । कार्यतालिकाअनुसार भदौ १८ बाट हुने भनिएको वडा अधिवेशनका विषयमा निर्वाचन समितिले गरेको तयारीबारे पौडेल समूहले ब्रिफ्रिङ लिन लागेको हो ।

बैठकमा सहभागी हुन रामचन्द्र पौडेल चाक्सीबारी पुगिसकेका छन् । महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसीलगायत नेताहरू सहभागी रहेको बैठकमा वरिष्ठ नेता पौडेलले क्रियाशील विवाद समितिले बुझाएको प्रतिवेदनबारे नेताहरूलाई जानकारी गराउनेछन् । यस्तै क्रियाशील सदस्यतालाई लिएर धर्नामा रहेका जिल्ला सभापतिहरूको आन्दोलन कसरी सशक्त बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।स्रोत: कान्तिपुर ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *