काठमाडौँ — एमालेले १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने निर्णय गरेको छ । पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति इमान्दार रुपमा कार्यान्वयनका लागि  ६ सदस्यीय कार्यादल पनि गठन गरेको छ । कार्यादलमा  उपाध्यक्ष भीम रावल, महासचिव  ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट छन् ।

माधव नेपालसँग विभाजनको प्रक्रियामा नजोडिएका नेतासहित बसेको बैठकले पार्टीका महाधिवेशनको मिति समेत तय गरेको छ । केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म हुने भएको छ । त्यस्तै विधान महाधिवेशन असोज ४ देखि ६ सम्म हुनेछ ।स्रोत: कान्तिपुर ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *