उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। घोषणा भएको टोलीमा अमिशा कार्की, अन्जली वाइबा, हिमा चौधरी, मनीषा राउत र शर्मिला थापा टोलीबाट बाहिरिएका छन्।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले मौका बनाएका छन्। नयाँ अनुहारमा मिडफिल्डर प्रीति राई, फरवार्ड रश्मि घिसिङ, सविता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन्।

नेपालमा तय भए पनि कोरोना महामारीका कारण तटस्थ स्थल उज्वेकिस्तानमा सरेको छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपालसँगै समूहमा हङकङ र फिलिपिन्स रहेका छन्। उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोट खेलमा नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेपालले हङकङको सामना गर्नेछ। हङकङसँग नेपालले असोज ५ गते प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म आयोजना हुने तालिका रहेको छ।

नेपाली टिम :

रेनुका नगरकोटी, अन्जना राना मगर, पुनम जर्गा मगर, सिर्जना सिंह, सरु लिम्बु, एन्जिला सुब्बा, विमला चौधरी, हीरा भुजेल, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, मन्जली थोकर, अनिता केसी, विमला बिक, दीपा राई, गीता राना, इन्द्र राई, निशा थोकर, प्रीति राई, पूजा राना, रजनी थोकर, रश्मि घिसिङ र सबिता राना।-नागरिक दैनिकबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *