काठमाडौं : आज (मङ्गलबार) प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको र विभिन्न भूभागमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
दिउँसो पनि देशभर मौसम बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा चाहिँ मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रहने र केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।प्रदेश १ र गण्डकी प्रदेशका केही भूभागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

