काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ र ग्याँसमा २५ रुपैयाँ बढाएको हो ।
बढाइएको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यसै गरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ ।
माथि उल्लिखित मूल्य सोमबार राती १२ बजेदेखि लागू भएको छ।

