petrol

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।

निगमले  पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ र ग्याँसमा २५ रुपैयाँ बढाएको हो ।

बढाइएको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

यसै गरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ ।

माथि उल्लिखित मूल्य सोमबार राती १२ बजेदेखि लागू भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *