काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेता माधवकुमार नेपालले आफू एमालेको एकता प्रक्रियाका लागि वस्तुगत वार्ता गर्न तयार रहेको बताएका छन् ।

सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा उक्त प्रस्तावित पार्टीका सांसद र केन्द्रीय सदस्यहरूसँगको छलफलमा नेता नेपालले पार्टी दर्ता प्रक्रियामा गएकाले दर्ता हुने तर एकताको विषय भने नटुङ्गिने बताए ।

छलफलमा प्रस्तावित पार्टीका अध्यक्षसमेत रहेका नेता नेपालले  १० बुँदे सम्झौता कार्यान्वयन गर्छु भने पनि त्यसका लागि एमाले अध्यक्ष ओली तयार नहुने बताए ।

अध्यक्ष नेपालले भेलामा एमाले एकताका लागि वार्ता दुई फरक दलका रूपमा मात्र हुने बताए । नेता नेपालले दस बुँदे सम्झौता कार्यान्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने खेल भएको भन्दै त्यस्ता जालझेलमा नपर्ने बताए ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का ६० जना केन्द्रीय सदस्य र ३२सांसद सहभागी सो भेला मङ्गलबार(आज)सम्म चल्नेछ ।

मङ्गलबार थप एक दर्जन जति केन्द्रीय सदस्य र आधा दर्जन सांसद थपिने सो प्रस्तावित पार्टीका नेताहरुले दाबी गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *