RAIN

काठमाडौं : अझै केही दिन मनसुनी गतिविधि सक्रिय हुने सम्भावना रहेको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताएका हुन्।

पौडेलका अनुसार बुधबारदेखि शुक्रबारसम्म मनसुन थप सक्रिय भई देशका धेरैजसो स्थानमा बदली रहने छ। साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ ।

हाल देभभर प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *