काठमाडौं : नेकपा एमालेलाई विभाजनबाट जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई सक्रिय बनाएकी छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी)पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएपछि एकताका निम्ति सक्रिय बनेकी राष्ट्रपति भण्डारीले नेता नेपाललाई सोमबार शीतल निवासमा बोलाएर वार्ता गरेकी छन् ।

राष्ट्रपति भण्डारीले एमालेका नेता भीम रावलको भेटपछि एकताको प्रयासमा जोड दिएको बुझिएको छ ।

भेटमा रावलले पार्टीलाई विभाजनबाट जोगाउन अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै राष्ट्रपतिसमक्ष प्रस्ताव राखेका थिए।

स्रोतका अनुसार राष्ट्रपतिले थालेको प्रयासअन्तर्गत नै नेता नेपालसँग भेटवार्ता भएको हो।तर नेपाल भण्डारीको प्रस्तावमा सहमत भने भइसकेका छैनन् ।

नेता नेपालले आफ्ना समूहका नेतासँग छलफल गरेर निर्णय गर्ने भनी उनी शीतलनिवासबाट बाहिरिएको स्रोतले बताएको छ ।

 

 

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *