काठमाडाैं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक भोलि बस्दै छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मङ्गलबार ११ बजे बस्ने गरी तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेका उपाध्यक्ष डा.भीम रावललगायतका नेताबीच सोमबार भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।
उनीहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी भएको बताइएको छ ।

