काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा रहेको भन्ने चर्चा गलत भएको उनको सचिवालयले जनाएको छ।

आइतबार गौतमका स्वकीय सचिव दिपक टमाटाले सो चर्चाका विषयमा स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जालमार्फत टमटाले उपाध्यक्ष गौतमका विषयमा चलेको हल्लालाई चरित्र हत्याको प्रयास भनी उल्लेख गरेका छन्।
“आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जाेडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेकाे भन्दै फाेटाे सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही हाेईन,” स्वकीय सचिव टमाटाले लेखेका छन्, “क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । साथै क. माधव नेपालप्रति एमाले नेतृत्वपंक्तिबाट भएको व्यबहारको आलोचना गरिरहेको यथार्थ नै हो । यद्यपि अहिले गरिएका सबै खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।”

