holiday

काठमाडौं : गाईजात्राको अवसरमा भदौ ७ गते  मुलुकभरका नेवार समुदायलाई सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त दिन
नेवार समुदायलाई बिदा दिने निर्णय मन्त्रिपरिषदबाट भएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ – ‘वि .सं २०७८ साल भदौ ७ गते सोमबारका दिन गाईजात्रा पर्वको अवसरमा नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरिक्त मुलुकभर नेवार समुदायका लागि सार्वजनिक बिदा दिने’ नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/०५/ ३ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *