प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निशुल्क खोप दिलाउने घोषणा गरेका थिए ।

उनी प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए ।

अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् ।

देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थियो ।

सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ ।-अन्नपूर्ण पोस्टबाट

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *