iphone

तपाईंको घरमा भएको एन्ड्राेइड टिभी (Android TV) छ भने याे लेखमार्फत् स्मार्टफानलाई रिमाेट बनाउने सकिने टिप्स सिकाउँदै छाैं । यसका लागि सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर Android TV Remote Controller एप डाउनलोड गर्नुहोस् ।

त्यसपछि उक्त एपमा तपाईंको नजिकमा रहेको टिभी खोज्नुहोस् ।

(यदि तपाईंको टिभी फरक कम्पनीबाट उत्पादन भएको हो भने प्ले स्टोरमा अरु पनि थुप्रै युनिभर्सल रिमोट कन्ट्रोलर डाउनलोड गरी चलाउन सक्नुहुन्छ ।)

एकपटक एप डाउनलोड गरिसकेपछि उक्त एपमा तपाईंले आफ्नो टिभी माेडल खोज्नुपर्ने हुन्छ ।

अब तपाईंले भर्खरै डाउनलोड गर्नुभएको टिभी कन्ट्रोलर एपसँग टिभी कनेक्ट गर्नुहाेस् । एउटा कुरा ध्यानमा राख्नुहोस कि तपाईंका दुवै डिभाइसमा एउटै वाई-फाई नेटवर्क कनेक्ट भएको हुनुपर्छ ।

अब तपाईंको एन्ड्राेइड स्मार्टफोनमा आफ्नो टिभी छान्नुहोस् र त्यहाँ देखाइएको पिन (Pin) इन्टर गरेर दुवै डिभाइस चलाउनुहोस् ।

एकपटक रिमोट कन्ट्रोलर टिभीसँग कनेक्ट भइसकेपछि अब तपाईंको फोन टिभी रिमोट बनेको छ ।

फोनको डिस्प्लेमा रिमोटमा हुने विभिन्न अप्सन (विकल्प) हरु देखिन्छन । त्यहाँ देखिने अप्सन (विकल्प) हरु छनौट गरी आफूलाई मनपरेको च्यानल, एप्स र कार्यक्रमहरु हेर्न सक्नुहुन्छ ।

यस प्रक्रियामा कतै समस्या देखियो अर्थात् मोबाइल-रिमोटले काम गरेन भने टिभीको नजिकै रहेर रिमोट चलाउनुहोस्, यसो गर्दा रिमोट र टिभीको कनेक्सनमा आएको समस्या सुधार हुनेछ ।स्रोत: टेकपाना ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *