काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधव नेपाल समूहमा रहने भएका छन् ।

मङ्गलबार बानेश्वरमा भएको नेपाल समूहका सांसदहरुको भेलामा नेता गौतम उपस्थित थिएनन्। तर उनले आफू नेपाल समूहमै रहने सन्देश पठाएका थिए।

गौतम नेकपा एमालेमा मात्र भन्दा पनि नेकपाभित्रै आफूहरु समेटिनुपर्छ भन्ने अलग धारणा राख्दै आएका थिए।

गौतम र उनकी पत्नी तुलासा थापा नेपाल समूहमा रहने भएपछि संसदीय दलमा माधव नेपालको २० प्रतिशत सांसद पुग्ने निश्चित जस्तै भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *