Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

काठमाडौँ — सरकारको आधिकारिक परिचयपत्र नहुँदा कोरोनाविरुद्धको खोप लगाउन समस्या भएको सामुदायिक विद्यालयका शिक्षकले गुनासो गरेका छन् । देशभरका १ लाख ६ हजार स्थायी शिक्षकले परिचयपत्र पाउनुपर्नेर्लगायत माग गरेका हुन् ।

‘सरकारले शिक्षकलाई राष्ट्रसेवक कर्मचारी हुन् भनेर अहिलेसम्म मान्यता दिएको छैन,’ शिक्षक महासंघका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडीले भने, ‘हामीसँग परिचयपत्र पनि छैन, निजामती कर्मचारी र शिक्षकबीच सेवा सुविधामा ठूलो विभेद छ ।’ सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट विभेद गरेको भन्दै शिक्षकहरूले देशव्यापी आन्दोलन सुरु गरेका हुन् । उनीहरूले शिक्षकलाई निजामती कर्मचारी सोसरह सेवा सुविधा उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् । शिक्षक महासंघको अगुवाइमा चरणबद्ध आन्दोलन गर्दै आएका शिक्षकहरूले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार गरेको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

राज्यले निजामतीसरह सेवा सुविधा दिनुपर्ने महासंघको माग छ । परिचयपत्र नहुँदा विद्यालयको सिफारिसपत्रको आधारमा शिक्षकहरूले खोप लगाएका थिए । बजेटमा सरकारले राष्ट्रसेवक कर्मचारी र शिक्षकबीच दुर्घटना बिमा, स्वास्थ्य बिमा, आन्तरिक पर्यटन सुविधा, सन्तति छात्रवृत्ति सुविधामा विभेद गरेको महासंघले जनाएको छ । ‘निजामती कर्मचारीले वार्षिक पर्यटन भत्तासहितको काज बिदा पाउँछन्,’ दवाडीले भने, ‘शिक्षकले पनि त्यो सुविधा पाउनुपर्छ ।’ निजामती कर्मचारी अस्पताल जस्तै छुट्टै शिक्षक अस्पताल पनि चाहिने उनीहरूको माग छ ।

यसअघि शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच ३० बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयनका लागि पनि आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ । संघीय शिक्षा ऐन जारी गर्दा शिक्षकका माग र समस्या सम्बोधन गरिने सहमतिमा उल्लेख छ । सरकारले शिक्षा ऐन ल्याएर सार्वजनिक विद्यालयको स्तर सुधार गर्न ध्यान नदिएको शिक्षकहरूको गुनासो छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७७ सार्वजनिकसहित कार्यान्वयन गरिनुपर्ने महांघको माग छ ।

सहमतिमा प्रारम्भिक बाल विकास कक्षा (ईसीडी) शिक्षकलाई न्यूनतम १५ हजार रुपैयाँ तलब उपलब्ध गराउने उल्लेख थियो । बजेटमा ६ हजार तलब पाउँदै आएका ईसीडी शिक्षकलाई १५ हजार तलब उपलब्ध गराउने घोषणा गरिएको छ । तर ६ हजारमा २ हजार संघले थप्ने र बाँकी ७ हजार पालिकाले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । यसमा जनप्रतिनिधि र शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । संघले नै १५ हजार उपलब्ध गराउन माग गरिएको छ । अस्थायी, करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने, विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया सुधार गरी कानुनी व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित शिक्षकहरूले राहत नपाएकोलगायत समस्या समाधान गरिनुपर्ने माग राखिएको छ ।

ईसीडी शिक्षकको तलब बढाउन महासंघले जेठ १५ अघिदेखि नै आन्दोलन गर्दै आएको थियो । बजेटमा असन्तुष्टि जनाउँदै त्यसपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो । प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्रीलाई दबाबमूलक कार्यक्रमपछि धर्ना र प्रदर्शनको कार्यक्रम थालिएको हो । माइतीघर, शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना कार्यक्रम भइसकेको छ । केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले शिक्षकहरूले अनुपयुक्त समयमा आन्दोलन गरेको बताए । ‘कोरोना महामारी अप्ठ्यारो बेलामा बालबालिकाको पढाइ र परीक्षामा शिक्षककेन्द्रित हुने बेला हो,’ उनले भने ।स्रोत: कन्तिपुर।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *