काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुने निर्णय भएको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने तय भएको थियो ।

बैठकले महाधिवेशन सार्ने निर्णय गर्दै वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका फेरबदल गरेको छ ।

हालको कार्यतालिकामा भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनुपर्ने र उक्त दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने उल्लेख गरिएको छ।

वडा अधिवेशन भदौ १८ ,गाउँ तथा नगर अधिवेशन
भदौ २७ , प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १ ,संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशन असोज १० गते आयोजना हुने भएका छन् । बैठकले प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने निर्णय गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *