[प्रतीकात्मक चित्र]
काठमाडौं : काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको हो।

आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकोप्टरको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

शनिबार बिहान २ बजेदेखि आगलागी भए पनि अहिलेसम्म आगलागी नियन्त्रणमा नआएकाले हेलिकोप्टरको प्रयोग गरी पानी खसालिएको हो।

आगलागी के कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *