काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २८ गते बस्ने भएको छ ।

उक्त दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय,वीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

