मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

प्रदेश २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो ।यो मेगा बैंकको १८५औं शाखा हो । मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो ।
मेगा बैंकले छोटो समयमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।

