काठमाडौँ, साउन २२ गते । संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । आबुधाबीस्थित नेपाली दूतावासले सूचनामार्फत यूएईले बिहीबारदेखि लागू हुनेगरी प्रवेश खुला गरेको जानकारी गराएको छ । त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको दूतावासले जनाएको छ ।
यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति र यूएईमै कार्यरत स्वास्थ्यकर्मी, विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । दूतावासका अनुसार उहाँहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ भने यूएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टाइनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्नेछ ।साभार:आजको गोरखापत्र अनलाइन बाट ।



