gold

साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

यस हप्ता आइतबार ५ सयले घटेको थियो। सोमबार सुन प्रतितोला १ सयले घटेको थियो भने मंगलबार स्थिर रहेको थियो।बुधबार सुन ३ सयले घटेको थियो।

गत हप्ता आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो। यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ३ सयले नै बढेको थियो। बिहीबार ३ सयले बढेको सुन शुक्रबार ५ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २७५ मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *