increse price

पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ रेकर्ड कायम गर्दै जान थालेको छ। मंगलबार मात्रै अहिलेसम्मका सबै रेकर्ड तोड्दै नेप्से सूचकले ३१ सय विन्दुमाथि पुगेर हालसम्मकै नयाँ उचाई कायम गरेको थियो।

बुधबार नेप्से सूचक १२.०५ अंकले बढेर ३ हजार १२३.१५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३ हजार १११.०९ विन्दुमा पुगेका थियोे। नेप्से परिसूचकले बुधबार पनि उक्त रेकर्डलाई तोड्दै नयाँ उचाई कायम गरेको छ।

त्यस्तै मंगलबार साढे ११ अर्ब रुपैयाँ बढी कारोबार भएकोमा बुधबार कारोबार रकम पनि बढेर साढे १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। आज  कारोबारमा आएका २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन्। बुधबार लगानीकर्ताको आकर्षण हाइड्रो पावर कम्पनीमा बढी देखिएको छ। मंगलबारदेखि प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ बन्ने खबरसँगै हाइड्रोमा लगानीकर्ताको आकर्षण बढेको हो।

आज अपि पावर, खानिखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

यता ङादी गु्रप पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३८ प्रतिशतले घटेको छ। लक्ष्मी इक्वीटी फण्डको ४.७५ प्रतिशत, पोखरा फाइनान्सको ४.५१ प्रतिशत, विजय लघुवित्तको ४.३५ प्रतिशत र नेरुडे लघुवित्तको शेयरमूल्य ४.३२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

बुधबार अपि पावरको सबैभन्दा धेरै ७९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावर ५६ करोड ७२ लाख, सानिमा माई हाइड्रोपावरको ५० करोड ३४ लाख, अरुण काबेली हाइड्रोपावरको ४१ करोड ५५ लाख रुपैयाँ र छिमेक लघुवित्तको ४० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *