काठमाडौं : जापानबाट आठ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्ने भएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको आठ लाख डोज खोप शनिबार र आइतबार दुई पटकमा काठमाडौं आइपुग्ने भएको हो ।
जापानी राजदूतावासले जारी गरेको विज्ञप्ति अनुसार जापानबाट बिहीबार र शुक्रबार गरी दुईवटा विमान काठमाडौंका लागि उड्नेछन्, भने उक्त खोप क्रमशः शनिबार र आइतबार काठमाडौं आइपुग्नेछ ।
जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो । बाँकी आठ लाख डोज खोप पछि आइपुग्ने राजदूतावासले जनाएको छ ।

