logo

प्रायः चिट चोर्ने मामिलामा विद्यार्थीहरु बूढा प्राध्यापकभन्दा अगाडि नै हुन्छन्। तिनलाई रोक्न बडो चतु-याइँ आवश्यक पर्छ भन्ने हामी ठान्छौँ तर केही प्राध्यापक हामीले सोचेजस्तो ग्वाँच अवश्य हुँदैनन्।

अलिकति चतु-याइँ देखाउन सक्यो भने विद्यार्थी पनि मात खान्छन् भन्ने उदाहरण हालै देखिएको छ। बेलायतको एउटा कलेजका प्राध्यापकले एउटा भागको प्रश्न चाहिँ सजिलो हालिदिए। अलि गाह्रो प्रश्न भने दोस्रो भागमा राखे। विद्यार्थीहरुले पहिलो भाग सहज तरिकाले गरे। दोस्रो भागको उत्तर दिन चाहिँ कक्षा आधा खाली गरेर पाइखानातिर निस्किए।

हिजोआज परीक्षामा चिट चोर्न सजिलो होस् भनेर एउटा मोबाइल एप बनाइएको छ, चेग। यो चेगमा गएर ती प्रश्नको उत्तर दिने उद्देश्यले सारा विद्यार्थी पाइखानामा गएर मोबाइल खोल्न थाले।

यी शिक्षकले त्यही चेगमा नक्कली उत्तर तयार पारेर हालेका थिए। विद्यार्थीले त्यही नक्कली उत्तर सारिदिए।

त्यसो त चिट चोर्ने सबै विद्यार्थी बेबकुफ त हुँदैनन् तर यी शिक्षकले उत्तर यस्तो लेखिदिएका थिए कि प्रश्नसँग लगभग मेल खान्थ्यो तर खुइँखुइँती सा-यो भने गलत हुन्थ्यो। दिमाग लगाउन सक्दा मात्र त्यो उत्तर सही हुनसक्थ्यो।

बेबकुफहरुले भने चेगमा रहेको जे उत्तर थियो, त्यही खुइँखुइँ सारे। ९९ विद्यार्थीले परीक्षा दिएकामा १४ जना सिधा सिधा सारेकाले फेल भएका थिए। उनीहरुले शून्य नम्बर पाएका थिए। यसले विश्वविद्यालयमा उनीहरुले भविष्यमा पाउनसक्ने ग्रान्टहरु प्रभावित हुनेछ।

यति मात्र कहाँ हो र ? जो चोर थिए, ती १४ जनाको नाम सबै शिक्षकलाई बाँडिएको छ। यसो गर्दा भविष्यमा तिनीहरुबाट हुनसक्ने बदमासीलाई साँध लगाउन सकियोस्।

सामाजिक सञ्जाल रेडइटमा यसका पीडितहरुले लेखेका छन्, ‘चिट चोर्नुअघि ख्याल गर्नुस् है, तपाईंका प्राध्यापकले डुबाइदिन सक्छन्। हामीलाई त तिनले डुबाइसकेका छन्।’ स्रोत: शुक्रबार

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *