काठमाडौं उपत्यकामा आज १ हजार २७९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ।
नेपालमा आज ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार १३२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५ हजार ७२ जना र एन्टीजेन परीक्षणबाट ६४ हजार ८५० जना पुगेको छ।
आज ३५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ।
आज १६ हजार २९८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ४४ हजार ४७२ जनाको पिसिआर र ३ लाख ३६ हजार ८२३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

