काठमाडौं : अहिलेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नबनाउने निष्कर्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाभित्र उपप्रधानमन्त्री बन्न नेताहरुको ज्यादा दौडधुप देखिएपछि प्रधानमन्त्री देउवा उपप्रधानमन्त्री नबनाउने निष्कर्षमा पुगेका हुन्।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच उपप्रधानमन्त्री नबनाउने सहमति बनेको स्रोतको दाबी छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भने यसबारेमा छलफल नभएको बुझिएको छ ।

नेपाली कांग्रेसबाट उपप्रधानमन्त्री बन्न सुजाता कोइराला र प्रकाशमान सिंह, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ,हरिवोल गजुरेल,कृष्णबहादुर महरा र जनार्दन शर्मा , जसपाबाट उपेन्द्र यादवले उपप्रधानमन्त्रीमा दाबी गरेपछि सत्तारुढ गठबन्धनमा समस्या भएको हो ।

तीनै जना नेताहरुबीच मन्त्री नियुक्त गर्दा मर्यादाक्रमलाई ख्याल गर्ने तर उपप्रधानमन्त्री नबनाउने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *