साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकले यस अघिका सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक मंगलबार २६.०२ अंकले बढेर ३ हजार १११ विन्दुमा पुगेको हो ।

यस अघि गत साउन १३ गते ४१ दिनको रेकर्ड तोड्दै नेप्से सूचक १५.३० अंकले बढेर ३ हजार ९४.९५ विन्दुमा पुगेको थियो।

मंगलबार कारोबारमा आएका २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार पाँचथर पावर र रुरु जलविद्युत् कम्पनीको सेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने जीवन विकास लघुवित्त, घलेम्दी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा पनि करिब १० प्रतिशतले बृद्धि भएको छ ।

त्यसैगरी, यूनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ३ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै आज विकास बैंक र म्यूचुअल फण्डको उपसमूहबाहेक सबैमा वृद्धि देखिएको छ।

मंगलबार सबैभन्दा धेरै अपी पावर कम्पनीको शेयर कारोबार भएको छ। अपी पावरको ४६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको हो। ङादी ग्रुप पावर कम्पनीको ४३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, फस्र्ट माइक्रोफाइनान्स कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *