कनठमाडौं : महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामीको ज्यान गएकोमा नेपाली काङ्ग्रेसकी सांसद विमला नेपालीले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले घटनाको सत्यतथ्य छानबिनको माग समेत गरिन् ।

सांसद नेपालीले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो पहिलो निर्णय नै १ वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर दिएको आश्वासन झुटो साबित हुन पुगेको बताइन् ।

तीन वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीका भनाइहरू हावादारी हुने,अहिले आएर प्रमाणित भएको सांसद नेपालीले बताइन् । उनले नेतृत्वमा बस्नेले सक्ने कुरा गर्न आग्रह गर्दै जनतालाई झुक्याउने काम नगर्न पनि आग्रह गरिन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *