काठमाण्डाैं : नेकपा एमालेले पार्टीका नौ वटा विभाग गठन गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टीका विभिन्न नौ वटा विभाग गठन गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले आफैले राखेका छन् भने सङ्गठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेललाई मनोनित गरिएको छ ।
प्रवक्ता ज्ञवालीले पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताए ।
ज्ञवालीका अनुसार सदस्य थप गर्न मिल्ने गरी विभाग गठन गरिएको छ ।यसर्थ विभागलाई पूर्णता दिन सदस्यहरूको मनोनित गर्ने काम अझै बाँकी नै रहेको छ।
एमालेले आउँदाे साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । आउँदाे भदौ २७ र २८ गते आयोजना हुने पार्टीको विधान अधिवेशनमा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए

