काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई तत्काल कारबाही नगर्ने भएको छ। निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै महन्थ पक्षलाई पार्टीबाट निष्कासन गर्ने भनिए पनि तत्काल कारबाही नगरिने भएको हो।

महन्थ पक्षमाथिको कारबाही तत्काललाई रोकेर उनी पक्षका कार्यकारिणी सदस्य र सांसद आफ्नो पक्षमा तान्ने रणनीति उपेन्द्र पक्षले लिएको बुझिएको छ।

जसपाको उपेन्द्र पक्षमा कार्यकारिणी सदस्य ३५ जना छन् भने महन्थ पक्षमा १७ जना मात्रै खुलेका छन्। यस्तै ३२ जना सांसदमध्ये उपेन्द्र पक्षमा २१ र महन्थ पक्षमा ११ जना सांसद खुलेका छन्। हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेकाले जसपासँग कूल ३२ जना संघीय सांसद रहेका छन्।

उपेन्द्रपक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ पक्ष भने  सर्वोच्च अदालतमा पुगेको छ। महन्थ पक्षले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो। आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको र महन्थलाई नयाँ दल खोलेर चलाउनसक्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएको हो। उक्त रिटमाथि सुनुवाइ हुन बाँकी छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *