रोजगारीका लागि अमेरिका पुगेका पर्वतका एक युवाको मृत्यु भएको छ। फलेवास नगरपालिका–१०  कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते मृत्यु भएको हो।

विगत पाँच वर्षअघि अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्राण्ड एभिन्युमा बस्दै आएका थिए। अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए।

उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ। हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्द्रले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *