एजेन्सी:
कोरोना भाइरसको डेल्टा भेरियन्टको सङ्क्रमण फैलिन थालेपछि अस्ट्रेलियाका विभिन्न शहरहरूमा फेरि लकडाउन लागू गरिएको छ।

पाँच हप्तादेखि लकडाउन गरिएको सिड्नीमा थप एक महिना लकडाउन बढाइएको छ भने सङ्क्रमण नियन्त्रणका लागि सेना नै परिचालन गरिएको छ।

शनिबारदेखि क्विनस्ल्यान्डको दक्षिण पूर्वी क्षेत्र र अस्ट्रेलियाको बिब्रेनमा पनि लकडाउन गरिएको छ।

गत बिहीबार क्विन्सल्यान्डमा कोरोनाका ६ नयाँ केस भेटिएका थिए। सबै सङ्क्रमित ‘हाई स्कूल’ मा अध्ययनरत विद्यार्थी थिए। सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङको काम भइरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। क्विन्सल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी डा जेन्नेटी यङले कसैलाई सङ्क्रमणको लक्षण देखिएमा तत्काल परीक्षण गराउन आग्रह गरेकी छिन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *