काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुन: प्रधानमन्त्री हुने साहस नगर्न चेतावनी दिएका छन् ।

शनिबार अखिल फोर्सद्वारा काठमाडौंमा आयोजित भेलामा नेता नेपालले अध्यक्ष ओलीतर्फ लक्षित गर्दै
प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस र फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र नगर्न चेतावनी दिएका हुन्।

नेता नेपालले भने, “यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अब जे हुनेछ, पारदर्शी ढङ्गले हुनेछ ।संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।”

संविधान जोगाएर नयाँ सरकार बनाएको हुनाले सरकारलाई राम्रो काम गरेर देखाउन पनि नेपालले आग्रह गरे । सही विचार आत्मसात् गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।

भेलाअघि अखिल फोर्सले काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकालेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *