काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेतामा चयन भएका छन् ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको हो।
यादवको एकल उम्मेदवारी परेको हुँदा उनी निर्विरोध चयन भएका हुन्।
नेता इस्तियाक राईका अनुसार प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा महेन्द्र यादव थिए ।

