रौतहट : आईटी आर्मीले मोटरसाइकल र्याली निकाल्दै
प्रदर्शन गरेको छ ।

रौतहटको गरुडामा गरिएको प्रदर्शनमा जिल्लाका विभिन्न स्थानबाट युवाहरू सहभागी भएका थिए ।
गरुडाबाट सुरु भएको मोटरसाइकल र्याली बालचनपुर हुँदै जिल्लाका विभिन्न स्थानमा पुगेको थियो ।
देशमा व्याप्त भ्रष्टाचार तथा बेथितिका विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्याली गरिएको अध्यक्ष चन्द्रभूषण साहले बताए ।

