काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले युथ फोर्स जस्तो मुड्कीले बङ्गारा भत्काउने संगठन नबनाउन अखिल फोर्सलाई सुझाव दिएका छन् । अनेरास्ववियुद्वारा आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन्।

उनले भने, ‘अखिल फोर्स भन्नेवित्तिकै कतिपय मान्छेलाई पर्न सक्छ ,कतै यो मुड्की हिर्काउने त होइन । बङ्गारा भत्काउने त होइन । त्यसैले यो फोर्सको नाम भोलिन्टियर भन्दा हुन्छ कि स्वयंसेवक भन्दा हुन्छ, त्यतातिर ध्यान दिनुस् ।’

अखिले फोर्स पुराना विद्यार्थी संगठन भएको बताउँदै यस संगठनमा आबद्ध सबै विद्यार्थीहरु इमानदार हुनुपर्ने उनले बताएका छन् ।

‘अखिल विद्यार्थीहरुको पूरानो संगठन हो। स्कुल, स्कुल, विश्वविद्यालयमा सूचात्मक काम गर्नुस् । बाढीलगायत प्राकृति विपत्तिमा सहयोग गर्न अघि बढ्नुस्,’ उनले भने, ‘अरुको छाडा प्रवृत्तिलाई अपनाउने काम नगरौँ । गतिछाडापनमा हामी विश्वास गर्दैनौँ । इमानदारी र निष्ठा हामीमा रहनुपर्छ ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *