logo

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ । त्यसमध्य *१०१# अथवा *९०१# डायल गरेर मोबाइलको ब्यालेन्स जाँच प्रायजसो सबैले गर्छौं ।

रिचार्ज गर्दा प्रयोग हुने *१०२#*९०२# पनि हामी धेरैलाई थाहा भएको युएसएसडी कोड हो । यी त हरेक दिन प्रयोगमा आउने कोड भएकाले हामी सबैलाई याद नै भइरहेको हुन्छ ।

एनसेलका यस्ता धेरै कोड तथा नम्बरहरु छन, जसको प्रयोग गरेर ग्राहकले एनसेलबाट प्राप्त हुने विभिन्न सेवाको उपभोग गर्न सकिन्छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई युएसएसडी कोडमार्फत एनसेलमा लिन सकिने सेवाको बारे जानकारी गराउँदै छौं ।

यसअन्तर्गत ब्यालेन्सको जानकारी लिने, रिचार्ज गर्ने, फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, गुनासो गर्ने, रिङब्याक टोन राख्ने लगायतका सेवा छन् । उक्त सेवा कसरी लिने त ?

सेवा कोड तथा नम्बर/म्यासेज की वर्ड
१. ब्यालेन्स चेक *१०१# अथवा *९०१# डायल गर्नुहोस् ।
२. एनसेल रिचार्ज *९०२# रिचार्ज कार्ड नम्बर# डायल गर्नुहोस् । अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।
३. अरुको मोबाइलमा रिचार्ज गर्न *१०२* रिचार्ज कार्ड नम्बर*मोबाइल नम्बर# डायल गर्नुहोस् ।
४. ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न १७१२२ मा कल गरी सेवा सुचारु गर्न सकिन्छ ।
५. एनसेल ब्यालेन्स ट्रान्सफर *१७१२२* ब्यालेन्स पठाउनु पर्ने मोबाइल नम्बर*पठाउनु पर्ने रकम# डायल गर्नुहोस् ।
६. मोबाइल डेटा प्याक सब्सक्राइब गर्न *१२३# अथवा *१७१२३# डायल गर्नुहोस् ।
७. डेटा कति बाँकी छ भनेर जानकारी लिन *९०१# डायल गर्नुहोस अथवा ‘status‘लेखी १७१२३ मा एसएमएस पठाउनुहोस् ।
८. एनसेल भ्वाइस प्याक लिन *१७११८# मा डयाल गरेर अथवा १७११८मा कल गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
९. एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर ९००५ अथवा ९८०९००५०० मा कल गर्नुहाेस् ।
१०. गुनासो गर्न एनसेलको प्रिपेड सिमबाट ९००५, एनसेल प्रो र बिज नम्बरबाट ९००७ र अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ ।
११ एसएलसी रिजल्ट SEE, तपाईंको सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु होस् ।
१२ एनसेल कलर ट्युन/पीआरबीटी लिन १७११७ मा कल गर्न तथा *१७११७# मा डायल गर्ने अथवा PRBT लेखेर १७११७ मा एसएमएस पठाउन सकिन्छ ।
१३ कल ब्यारिङ भएमा खोल्न *३३०*००००# डायल गर्नुहोस् ।
१४ एनसेल माई फाइभ एक्टिभ गर्न ५५९९ मा कल गरी अथवा *५५९९# डायल गरी एक्टिभ गराउन सकिने छ ।
१५ आफ्नै एनसेल माेबाइल नम्बर हेर्न *१०३# अथवा *९०३# डायल गुर्नहोस् ।
१६ एनसेल सापटी लिन *९९८८# डायल गर्नुहोस् ।
१७ अन्तराष्ट्रिय रोमिङ एक्टिभ गर्न *१२१२७# डायल गर्नुहोस् ।
१८ इन्टरनेट सेटिङ प्राप्त गर्न

स्रोत: टेकपना

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *