काठमाडौं उपत्यकामा आज ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ५१७ जना छन् । यस्तै, ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ।
नेपालमा आज ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८२६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ९५ हजार ३८९ जना र एन्टीजेन परीक्षणबाट ६१ हजार ३५० जना पुगेको छ।
आज २३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।
आज १३ हजार ५१९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ३ हजार ४६५ जनाको पिसिआर र ३ लाख १८ हजार ३६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

