काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ताका लागि उपमहासचिव विष्णु पौडेल कोटेश्वर पुगेका छन् ।

उपमहासचिव पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न शुक्रबार दिउँसो साढे २ बजेतिर नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

एमाले एकताको प्रयासका लागि नेता नेपालसँग छलफल गर्न उपमहासचिव पौडेल कोटेश्वर पुगेका हुन् । अहिले उनीहरुबीच कुराकानी भइरहेको बताइएको छ ।

बिहीबार बिहान नेता सुवास नेम्वाङ पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । उनले पनि नेपाललाई पार्टी एकताको लागि जोड दिएका थिए ।

यसअघि पार्टी एकताका लागि गठन गरिएको कार्यदल अध्यक्ष ओलीले नै भङ्ग गरिसकेका छन् । तर पनि अनौपचारिक छलफल भने भइरहेको छ ।नेता नेपाल पनि पार्टी एकताप्रति सकारात्मक रहेको बताइँदै आएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *