court

काठमाडौं : नेकपा एमाले प्रवेश गरेका माओवादीका चारजना पूर्वसांसदहरूको रिटमाथि बिहीबार सुनुवाइ तोकिएकामा मुद्दा हेर्न नभ्याइनेमा परेपछि आज तोकिएको छ।

हिजो न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनवाइ तोकिएको सो मुद्दाको आज न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुनेछ ।

टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले पुनः माओवादीकै सांसदको हैसियत पाउँ भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए।

यी चारजनासहित जम्मा सातजना पूर्व माओवादी सांसद नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ छाडी ओलीको साथ लागेर मन्त्री पद खान गएका थिए । अहिले, चारजना चाहिँ ओली बालुवाटारबाट बालकोट फर्किएपछि माओवादी कोटाको सांसद पद खान पाउँ भन्दै सर्वोच्चमा शरण लिन पुगेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *