काठमाडौं : नेकपा एमाले प्रवेश गरेका माओवादीका पूर्वसांसदहरूको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएकाे चारजना पूर्वसांसदहरूको रिटको सुनुवाइ स्थगित भएको हो।

बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनवाइ तोकिएको सो मुद्दाको आज न्यायाधीश
भट्टराईको एकल इजलासमा सुनुवाइ हुने भनिएको थियो।
नेकपा एमालेमा प्रवेश गरेका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले दल त्याग नगरेको भन्दै सांसद पदमा पुर्नवहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

