काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टीका शीर्ष नेताहरु ढिलो आएका कारण ११ बजे बस्ने भनिएको बैठक १ बजे सुरु भएको हो।

बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजन लगायतको विषयमा छलफल हुने बताइएको छ ।
बुधबारको बैठकले सरकारमा मन्त्री पठाउने विषयमा निर्णय गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको छ।

