काठमाडौं : नेकपा एमाले प्रवेश गरेका माओवादीका चारजना पूर्वसांसदहरूको रिटमाथि आज सुनुवाइ हुँदै छ।

टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले पुनः माओवादीकै सांसदको हैसियत पाउँ भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए।
उनीहरूले दायर गरेको रिटमाथि न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ तोकिएको छ
सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले पुरानै हैसियतमा आउने फैसला गरेपछि यी चार सांसद माओवादीमा नगई एमालेमै बसेका थिए । माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिइसकेपछि पनि यिनीहरू मन्त्री बनेका थिए ।

